Kathmandu Press

मेलम्ची पहिरोमा पुरिएका आठ जनाकै शव भेटियो (अपडेट)

सिन्धुपाल्चोक, साउन १९ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मा गएको पहिरोमा पुरिएका आठ जनाकै शव भेटिएको छ।

सोमबार बिहान साढे ३ बजेतिर गएको....

मेलम्ची पहिरोमा पुरिएका आठ जनाकै शव भेटियो (अपडेट)

सिन्धुपाल्चोक, साउन १९ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मा गएको पहिरोमा पुरिएका आठ जनाकै शव भेटिएको छ।

सोमबार बिहान साढे ३ बजेतिर गएको पहिराले निर्माणधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका आठ जना मजदुरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृत्यु हुनेहरुमा पाँच जना सिमराका, दुई जना पर्साका र एक जना भारतीय नागरिक रहेका छन्। उनीहरु सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा भारतीय नागरिक ४२ वर्षीय राजेन्द्र चौरसिया, पर्साको वीरगञ्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, २१ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन्।

पहिरोले निर्माणाधीन कभर्ड हलसँगै मजदुर बस्दै आएको कटेरो पुरिएको थियो। त्यहाँ रहेका नौ जनामध्ये भारतीय नागरिक ३५ वर्षीय बारु साहलाई स्थानीय वासिन्दाले उद्धार गरेका थिए। उनी गम्भीर घाइते रहेका छन्। सिन्धुपाल्चोकमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको डिएसपी काफ्लेले बताए।

 

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्