प्रदेश १ का मुख्य न्यायायाधिवक्तासहित परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १९ : प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यको परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।
सामान्य ज्वरोको लक....

काठमाडौं, साउन १९ : प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यको परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।
सामान्य ज्वरोको लक्षण देखिएका आचार्यले काेराेना संक्रमणकाे आशंकामा जाँच गराउँदा आइतबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो।
विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन।
संक्रमण पुष्टि भएका तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी काेशहरी निराैलाले बताए।
प्रकाशित मिति: १२:३८ बजे, सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











