Kathmandu Press

'प्रहरी हुँ' भन्दै ठग्दै हिड्ने दुई पक्राउ

दाङ, साउन १९ : जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्....

'प्रहरी हुँ' भन्दै ठग्दै हिड्ने दुई पक्राउ

दाङ, साउन १९ : जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्। 

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका खड्काले बताए।

यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा  निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले पक्राउ गरिएको हो।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, साउन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्