Kathmandu Press

मेलम्ची पहिरो : सात जनाको शव भेटियो (अपडेट)

सिन्धुपाल्चोक, साउन १९ : आज बिहान सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा पुरिएर वेपत्ता भएका आठ जनामध्ये सातको शव भेटिएको छ।

स....

मेलम्ची पहिरो : सात जनाको शव भेटियो (अपडेट)
रासस

सिन्धुपाल्चोक, साउन १९ : आज बिहान सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा पुरिएर वेपत्ता भएका आठ जनामध्ये सातको शव भेटिएको छ।

सोमबार बिहान साढे ३ बजे निर्माणाधीन कभर्ड हल पुरिँदा आठ जना बेपत्ता भएका थिए भने एक जनाको जीवितै उद्धार गरिएको थियो। बेपत्ता भएकामध्ये सात जनाको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले बताए।

उनीहरुसबै कवर्ड हल निर्माणमा खटिएका मजदुर रहेका छन्। मजदुरहरु बसेको कटेरो पहिराले पुरिएको थियो।

शव भेटिएकामध्ये दुई जनाको सनाखत भएको छ। उनीहरु वीरगञ्जका प्रदीप चौरसिया र राजेश चौधरी रहेको डीएसपी काफ्लेले बताए।

बेपत्ता एक जनाको खोजी भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दा पहिरो पन्छाइरहेका छन्।

प्रकाशित मिति: ११:१० बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्