Kathmandu Press

सेना र प्रहरीसहित पर्सामा ७३ जनालाई कोरोना संक्रमण

वीरगञ्ज, साउन १९ : पर्सामा सेना र प्रहरीसहित ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार साँझ वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा ग....

सेना र प्रहरीसहित पर्सामा ७३ जनालाई कोरोना संक्रमण

वीरगञ्ज, साउन १९ : पर्सामा सेना र प्रहरीसहित ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार साँझ वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना र प्रहरीसहित ७३ जनामा संक्रमण पुष्टि  भएको अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले बताए। उनका अनुसार संक्रमित हुनेहरुमा १२ जना महिला र ६१ जना पुरुष छन्।

यस अघि कोरोना देखिएकाहरुको कन्ट्याक्ट ट्रेसि गर्दा थप संक्रमित भेटिएको अस्पतालका इन्चार्ज डा.सिंहले बताए। कोरोना संक्रमितहरु १० देखि ६७ वर्षसम्मका रहेका छन्।

अस्पतालका अनुसार दुई प्रहरी, एक सैनिक जवान र एक पत्रकारमा संक्रमण देखिएको हो। त्यसतै, वीरगञ्जका पाँच जना, बाराका पाँच जना र एक भारतीय नागरिकमा पनि कोरोना देखिएको छ।

केही सातायता वीरगञ्जसहित पर्साका विभिन्न बस्तीमा कोरोना संक्रमण तिव्र रुपमा फैलिँदै गएको छ। दिनदिनै संक्रमितहरु थपिँदै गएका छन्। अहिलेसम्म पर्सामा पाँच सय ८० जनामा कोरोना देखिएको छ।

कोरोना संक्रमण तिव्ररुपमा बढेपछि पर्सामा निषेधाज्ञा जारी गरिएको छ। यस अघि वीरगञ्ज महानगरपालिकाभित्र मात्रै निषेधाज्ञा लगाइएको थियो। अब जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:४४ बजे, सोमबार, साउन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्