Kathmandu Press

मेलम्ची पहिरोमा थप तीनको शव भेटियो (अपडेट)

सिन्धुपाल्चोक, साउन १९ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा परि वेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको छ।

आज बिहान साढे ३ ....

मेलम्ची पहिरोमा थप तीनको शव भेटियो (अपडेट)
रासस

सिन्धुपाल्चोक, साउन १९ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा परि वेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको छ।

आज बिहान साढे ३ बजे पहिरो जाँदा निर्माणाधीन कभर्ड हलमा आठ जना पुरिएका छन्। उनीहरुमध्ये तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले बताए।

उनका अनुसार गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँएको हो। जसमा सात नेपाली र एक भारतीय नागरिक पुरिएका हुन्। उनीहरु कवर्ड हल निर्माणमा खटिएका कामदा रहेको डीएसपी काफ्लेले बताए।

पहिरोले कवर्ड हलको आधा भागसँगै मजदुर बस्ने टहरो पुरिएको छ। नेपाली मजदुरहरु पर्साका रहेको जनाएको छ।

पहिरोमा पुरिएका एक जनाको उद्धार गरिएको छ। उनी भारतीय नागरिक ३५ वर्षीय बारु साह हुन्। उनी घाइते भएको र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

वेपत्ताहरुको खोजी भइरहेको छ। खोजीमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दा खटिएका छन्।

प्रकाशित मिति: ०९:५३ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्