Kathmandu Press

ट्रम्प र नेतान्याहुबीच भेटवार्ता हुने

वासिङटन, चैत ११ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ....

ट्रम्प र नेतान्याहुबीच भेटवार्ता हुने

वासिङटन, चैत ११ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्ताको क्रममा गोलान हाइटस्मा रहेको यहुदीहरूको सार्वभौमितालाई अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा स्वीकार गर्ने अनुमान गरिएको छ।

Hardik ivf

सिरियाले १९६७ मा छ दिनको युद्ध गरी आफ्नो कब्जामा लिएको गोलान हाइट्स लामो समयदेखि नै अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो । अमेरिकाले इजरायलको सार्वभौमिता स्वीकार गर्ने अनुमान गरिएको छ ।

आगामी अप्रिल ९ मा इजरायलमा हुन गइरहेको निर्वाचनलाई आभार प्रकट गर्नु नै राष्ट्रपति ट्रम्प एक पाइला अगाडि बढ्नु भएको इजरायली विदेश मन्त्रीले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलको प्रधानमन्त्री नेतान्याहुको उपस्थितिमा गोलान हाइट्समा इजरायलको सार्वभौमिकताको विषयमा हस्ताक्षर गर्ने जनाएको छ।

गोलान हाइट्समा इजरायलीको साभौमिकता स्विकारको लागि लामो समयदेखि नेतान्याहु राष्ट्रपतिको ट्रम्पलाई पछ्याइरहेका छन्।

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच तर्कसङगत छलफल सोमबार हुने जनाएको छ। (एएफपी)

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, चैत ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्