Kathmandu Press

सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो : एक जनाको मृत्यु, ७ जना वेपत्ता 

काठमाडौं, साउन १९ : सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन्  ।

अबिरल बर्षासँगै सिन्....

सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो : एक जनाको मृत्यु, ७ जना वेपत्ता 
फाइल

काठमाडौं, साउन १९ : सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन्  ।

अबिरल बर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची न.पा. ११ मा मेलम्ची बजारमा गएराती गएको पहिरोमा परि १ जनाको मृत्यु हुनुका साथै ७ जना वेपत्ता भएका हुन् । 

यस्तै एक जनाको जीवितै उद्धार गरिएको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएको वडा अध्यक्ष रुद्र प्रसाद दुलालले काठमाडौं प्रेसलाई बताए ।

उद्धारमा खटिएको प्रहरीको टोलीले पहिरोमा पुरिएको एकजनाको  शव निकालेको दुलालले जानकारी दिए । अहिले  जनपथ प्रहरी र शशस्त्र प्रहरी घटनास्थलमा उद्धारका लागि खटिएको छ । 

प्रकाशित मिति: ०७:११ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्