भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो
काठमाडौं, साउन १९ : भारतमा कोरोना संक्रमितको संख्या साढे १८ लाख नाघेको छ ।
सोमबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५२ हजार ७८३ जना संक्रम....

काठमाडौं, साउन १९ : भारतमा कोरोना संक्रमितको संख्या साढे १८ लाख नाघेको छ ।
सोमबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५२ हजार ७८३ जना संक्रमित थपिएर संक्रमितको कुल संख्या १८ लाख ४ हजार ७०२ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८७ हजार २२८ संक्रमणमुक्त भएका छन् भने ५ लाख ७९ हजार ३१३ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार १६१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:३७ बजे, सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











