Kathmandu Press

शंखमुल रुटका टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १८ : काठमाडौं उपत्यकाका  एक टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। चार  दिन अघि सुदूपश्चिमबाट काठमाडौं आउँदा नाकामा गरिए....

शंखमुल रुटका टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १८ : काठमाडौं उपत्यकाका  एक टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। चार  दिन अघि सुदूपश्चिमबाट काठमाडौं आउँदा नाकामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।

नाकामा स्वाब संकलन गरी आएका उनले काठमाडौं आएपछि लगातार तीन दिन शंखमुलको रुटमा टेम्पो चलाएका थिए। शनिबार आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो। ।

उनमा संक्रमण पुष्टि भएको थाहा हुँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए। प्रहरी र सुरक्षाकर्मीको टोलीले उनलाई त्यहीँबाट आइसोलेसन सेन्टरमा लगेको हो।

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्