Kathmandu Press

गण्डकी प्रदेशमा आइतबारमात्रै थपिए ३९ कोरोना संक्रमित

काठमाडौं, साउन १८ : गण्डकीमा आइतबारमात्रै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहान २० र साँझमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार साँझ थपिएका संक्रमितमा नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९, पोखरा महानगरपालिकाका ४, बागलुङका दुई, तनहुँका दुई र गोरखाका दुई जना रहेका छन्।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय २४ पुगेको छ।

हालसम्म प्रदेशबाट १३ सय चार जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति: १८:५९ बजे, आइतबार, साउन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्