नेपालीले अब रोजगार भिसामा जापान जान पाउने, दुई लाख तलब
काठमाडौं, चैत ११ : पहिलो पटक जापानले नेपाली कामदार लैजाने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामा....

काठमाडौं, चैत ११ : पहिलो पटक जापानले नेपाली कामदार लैजाने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
जापानले ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजानेगरी दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ नाम दिईएको समझदारी पत्रमा नेपाल र जापानका सरकारी अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरे । जापानले आउँदो अप्रिल १ देखि नौ देशबाट कामदार लिने निर्णय गरेसँगै नेपालसँग सहमझदारी गरेको हो।
जापानले सरकारी तवरबाटै कामदार लैजाने छ । जसका कारण नेपालीहरु म्यानपावरको झन्झटबाट भने मुक्त हुने छन् । नेपालले जापनसँग सरकारी तवरबाट लैजाने गरी समझदारी गर्न पटक पटक माग गरेको थियो । समझदारी अनुसार वैदेशिक रोजगार विभागमा एउटा शाखा खडा गरिने छ । सोही शाखाले कामदार पठाउन सहजीकरण गर्ने छ । समझदारी अनुसार नेपाली कामदारले जापानमा मासिक दुई लाख तलव पाउने छ।
दक्षिण कोरिया र इजरायल पनि सरकारी तवरबाटै नेपाली कामदार पठाईदै आएको छ । जापानले पनि कोरिया जस्तैगरी जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह उत्तीर्ण गर्ने व्यक्ति जापान जानका लागि योग्य हुनेछन्।
जापानले दक्ष र अदक्ष दुवै क्षेत्रका कामदार लैजाने छ । कति कामदार नेपालबाट लैजाने भन्ने विषय भने खुलाएको छैन । जापानले नौ देशबाट भने पाँच वर्षभित्र तीन लाख ४२ हजार कामदार लैजाने निर्णय भने गरिसकेको छ।
जापानले औधोगिक र कृषि दुवै क्षेत्रमा नेपाली कामदार लैजाने छ । नेपाल पक्षले कामदारको सवै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने पर्ने विषय समझदारपत्रमा राख्ने अडान राखे पनि जापानले भने उक्त विषयमा अहिले अन्य आठ देशमा जसरी लैजाने भन्दै राख्न नचाहेपछि नखुलाईकन समझदारीपत्र तयार परिएको थियो।











-1754206481.jpg)