भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि
काठमाडाैं, साउन १८ : भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना पोजेटिभ देखिएको छ। आइतबार परीक्षण गर्दा आफूमा कोरोना संक्रमणको पुष्टी भएको शाहले ट....

काठमाडाैं, साउन १८ : भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना पोजेटिभ देखिएको छ। आइतबार परीक्षण गर्दा आफूमा कोरोना संक्रमणको पुष्टी भएको शाहले ट्वीटर मार्फत जानकारी गराएका छन्।
उनी हाल चिकित्सकको निगरानीमा रहेका छन्। आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई कोरोना परीक्षण गराउन उनले आग्रह गरेका छन्। कोरोनाको संक्रमण देखिएपनि आफ्नो स्वास्थ्य अवस्थामा भने सामान्य रहेको शाहको भनाई छ।
'कोरोनाको लक्षण देखिएको मेरो स्वास्थ्य अवस्था भने सामान्य छ, मेरो सम्पर्कमा आउनुभएकाहरुले स्वास्थ्य परीक्षण गराएर आवश्यक भए आइसोलेसनमा बस्नुहुन म अनुरोध गर्दछु,' उनले ट्वीटरमा लेखेका छन्।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020











