Kathmandu Press

सरकारले पठायो वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली

काठमाडौं, साउन १८ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ।

स्वास्थ्य तथा जन....

सरकारले पठायो वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली

काठमाडौं, साउन १८ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली वीरगञ्ज गएको हो। उनले आवश्यकता अनुसार अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइने बताएका छन्।

वीरगञ्जमा साउन महिनामा मात्र १० जना भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १७:११ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्