Kathmandu Press

अनशनकारी ईः लाई भेटेपछि पौडेलले भने - माग सम्बोधन नगर्नु चरम लापरवाही 

काठमाडौं, साउन १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभाकारी कदम चाल्नुपर्ने माग राख्दै अनशनमा बसेका इनअ....

अनशनकारी ईः लाई भेटेपछि पौडेलले भने - माग सम्बोधन नगर्नु चरम लापरवाही 

काठमाडौं, साउन १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभाकारी कदम चाल्नुपर्ने माग राख्दै अनशनमा बसेका इनअफ इज इनअफका अभियान्तालाई भेटेका छन्। 

आइतबार अनसनस्थल बसन्तपुर पुगेर पौडेलले अभियान्ता ईः लगायतलाई भेटेर सरकारले १६ दिनसम्म माग सम्बोधन नगरेर चरम लापरवाही देखाएको बताएका हुन्। 

उनले पीसीआरको दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै अनसन बस्नुपर्ने अवस्था आउनु नै दुर्भाग्यपूर्ण भएको बताए। 

उनले माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर  सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए । ‘१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरवाही हो। म घोर भत्र्सना गर्छु। पार्टीको तर्फबाट पनि निन्दा गर्न चाहान्छौं। सरकारले तुरुन्त माग सम्बोधन गर्नुपर्छ,’ उनले भने।
 
शनिबार अनशनरत अभियान्तालाई कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले पनि छुट्टाछुट्टै भेट गरेका थिए।

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्