आइतबार काठमाडौंमा थपिए ३१ जना कोरोना संक्रमित
काठमाडौं, साउन १८ : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

काठमाडौं, साउन १८ : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरका थप ३१ जना कोरोना संक्रमण पुष्टि भएकाे हाे।
उनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ललितपुरका एक जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका तीन जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो।
वीर अस्पतालको प्रयोगहालामा गरिएको परीक्षणमा काठमाडौंका एक जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ११ जना र ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, शुक्रराज ट्पिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको हो।











