Kathmandu Press

नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको सफल उपचार

काठमाडौं, साउन १८ : नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको प्लाज्मा थ....

नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको सफल उपचार

काठमाडौं, साउन १८ : नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको प्लाज्मा थेरापी उपचार विधिबाट ६५ वर्षीय संक्रमितको सफल उपचार भएको हो। 

निमोनियाकाे समस्या भएपछि आइसियूमा उपचाररत संक्रमितलाई कोरोना संक्रमण निको भइसकेका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन्।

शिक्षण अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार प्लाज्मा थेरापी गरिएको संक्रमितको स्वास्थ्यमा निकै सुधार आएको छ। संक्रमितलाई आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ। 

'अस्पतालकै टिमले दुई घण्टा लागाएर गरेको प्लाज्मा थेरापी सफल भएको छ,' उनले भने, 'अब चाँडैनै अर्का व्यक्तिको पनि  यस विधिबाट उपचार गर्ने तयारी गरेका छौं।'

साथै, कोरोना संक्रमणबाट आइसियूमा भर्ना हुने व्यक्तिको संख्या बढ्दै गएमा यस विधिलाई निरन्तरता दिँदै उपचार गरिने उनले बताए।

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्