Kathmandu Press

धरानका चार गोर्खा सैनिकसहित नौ जनामा कोरोना

धरान, साउन १८ : सुनसरीको धरानका चार गोर्खा सैनिकसहति नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार गरिएको परीक्षणमा धरान उपमहानगरपालिका&....

धरानका चार गोर्खा सैनिकसहित नौ जनामा कोरोना

धरान, साउन १८ : सुनसरीको धरानका चार गोर्खा सैनिकसहति नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार गरिएको परीक्षणमा धरान उपमहानगरपालिका–१३ मा बस्ने पाँच जना युवा र क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना देखिएको धरानको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। उनका अनुसार पाँच जना युवा धरान ८ तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत हुन्। त्यस्तै, चार जना एन्फा क्वारेनटाइन बसेका युवा हुन्।

उपमहानगरका अनुसार उनीहरुमध्ये प्रिति भल्व उद्योगमा काम गर्ने दुई जना कर्मचारीका परिवारलाई पनि संक्रमण देखिएको छ। उनीहरु विराटनगर र जनकपुरका हुन्।

त्यस्तै, क्वारेन्टाइनमा बसेका चार भारतीय गोर्खा सेनमा कार्यरत सैनिक भएको स्वास्थ्य महाशाखाका प्रमुख मेहताले बताए। उनका अनुसार गोर्खा सैनिक साउन १४ गते नेपाल फर्किका थिए। उनीहरुलाई धरान १७ स्थित एन्फा क्वारेनटाइनमा राखिएको थियो।

उनीहरु भारतको मणिपुरबाट आएका थिए। चारै जनाको घर धरानै रहेको महाशाखा प्रमुख मेहताले बताए।

धरानमा साउन १५ गते ५० जनाको स्वाब संकलन गरिएको थियो। त्यसमध्ये नौ जनामा कोरोना देखिएको हो। योसँगै धरानमा संक्रमितको संख्या २४ पुगेको छ।

कोरोना देखिएका सबैलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन सेन्टरमा राखिएको छ।

प्रकाशित मिति: १४:४३ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्