Kathmandu Press

सभामुख सापकोटासहित उनकाे स्वकीय सचिवालय र सुरक्षाकर्मीकाे काेराेना रिपाेर्ट नेगेटिभ

काठमाडौं, साउन १८ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिए....

सभामुख सापकोटासहित उनकाे स्वकीय सचिवालय र सुरक्षाकर्मीकाे काेराेना रिपाेर्ट नेगेटिभ
फाइल फाेटाे

काठमाडौं, साउन १८ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका रिपोर्ट नेगेटिभ आएको हो।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारीसाधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका अन्य सुरक्षकर्मीको कोरोना परीक्षण गरिएको थियो।

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, साउन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्