Kathmandu Press

ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल

काठमाडौं, साउन १८ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक महाशाखा सिल गरिएको छ। 

....
ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल

काठमाडौं, साउन १८ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक महाशाखा सिल गरिएको छ। 

गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा दुई ट्राफिक प्रहरीमा संक्रमण देखिएपछि महाशाखा सिल गरिएको हो। महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए।

उनले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिए। यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।  

महाशाखामा हाल एक हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३७५ जना क्वारेन्टाइनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताए। क्वारेन्टाइनमा बसेका प्रहरीको चाँडो स्वाब संकलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ। संकलित स्वाबको रिपोर्ट नआएसम्म महाशाखाभित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन्।

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्