कोरोनाबाट विदेशमा एक सय ८९ नेपालीको मृत्यु
काठमाडौं, साउन १८ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका एक सय ८९ नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत साता....

काठमाडौं, साउन १८ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका एक सय ८९ नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत साता मात्रै २८ जनाको मृत्यु भएको छ। केही दिन अघि साउदी अरबमा दुई जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, दक्षिण अफ्रिकामा पनि एक नेपालीको मृत्यु भएको छ। दक्षिण अफ्रिकामा नेपालीको मृत्यु भएको पहिलो घटना हो।
एनआरएनएको स्वास्थ्य समितिका अनुसार भारतमा मात्रै २५ जना नेपालीले ज्यान गुमाएका छन्। अहिले भारतमा कोरोना संक्रमण तिव्ररुपमा फैलिरहेको छ। भारतमा थुप्रै नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ।
नेपालमा पनि कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।
कोरोना संक्रमण बढेसँगै निको क्रममा पनि बढिरहेको छ। अहिलेसम्म नेपालमा १४ हजार चार सय ९२ जना निको भएका छन्।











