Kathmandu Press

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १८ : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प....

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १८ : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा आइतबार चार महिलासहित २० जनामा संक्रमण पुष्टि भएको हो।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय पाँच पुगेको छ।

संक्रमितमध्ये स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजना रहेका छन्।

साथै, गण्डकी प्रदेशमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १२ सय ४५ पुगेको छ।

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्