Kathmandu Press

कोरोनाबाट उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

काठमाडौं, साउन १८ : भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशकी ....

कोरोनाबाट उत्तर प्रदेशमा मन्त्रीको मृत्यु
एजेन्सी

काठमाडौं, साउन १८ : भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशकी प्राविधिक शिक्षाराज्यमन्त्री कमल रानी वरुणको आइतबार बिहान मृत्यु भएको हो। उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना देखिएपछि लखनउस्थित एसजीपीआई अस्पतालमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटर राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान मृत्यु भएको जनाएको छ।

उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। अहिलेसम्म संक्रमितको संख्या ३६ हजार ३७ पुगेको छ।

उत्तर प्रदेश सरकारका अनुसार गत २४ घन्टामा तीन हजार आठ सय ४० जनामा कोरोना देखिएको छ। त्यस्तै, गत २४ घन्टामा कोरोनाबाट ४७ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक हजार ६ सय ७७ जनाको मृत्यु भएको छ।

त्यस्तै, भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५४ हजार एक सय १७ पुगेको छ। त्यसमध्ये ३७ हजार चार सय १५ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: ११:४० बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्