पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, साउन १८ : पर्सामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयक....

वीरगञ्ज, साउन १८ : पर्सामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित ४५ जनामा कोरोना देखिएको हो।
मास टेस्टिङ गर्दा उनीहरुलाई कोरोना संक्रमण देखिएको वीरगन्जको गण्डकस्थित कोरोना विशेष नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए।
कोरोना देखिएकाहरुमा पाँच वर्षदेखि ६२ वर्षसम्मका छन्। जसमा १४ महिला र ३१ पुरुष रहेका छन्।
उनीहरुमध्ये ४३ जना वीरगञ्ज्का वासिन्दा हुन्। त्यस्तै, एक जना पर्साको सुखवा प्रसौनी गाउँपालिका र एक जना ठोरी गाउँपालिकाका वासिन्दा रहेको डा.उपाध्यायले बताए।
प्रकाशित मिति: ११:२१ बजे, आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











