Kathmandu Press

फिल्मफेयर अवार्डमा ‘राजी’को दबदबा

काठमाडौं, चैत ११ : ६४औं फिल्म फेयर अवार्डमा ‘राजी’को दबदबा रह्यो । मुम्बईको जिव गार्डेन बिकेसीमा बलिउड हस्तीको उपस्थितमा भएको अवार्ड वितरण....

फिल्मफेयर अवार्डमा ‘राजी’को दबदबा

काठमाडौं, चैत ११ : ६४औं फिल्म फेयर अवार्डमा ‘राजी’को दबदबा रह्यो । मुम्बईको जिव गार्डेन बिकेसीमा बलिउड हस्तीको उपस्थितमा भएको अवार्ड वितरण समारोहमा ‘राजी’सँगै अभिनेत्री आलिया भट्ट पनि आकर्षण बनिन्।

यो फिल्मले पाँच विधामा अवार्ड जित्यो । सर्वोत्कृष्ट फिल्मको अवार्ड ‘राजी’ले नै पायो भने यसैबाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन । त्यस्तै, मेघना गुल्जारले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाइन भने ‘बेस्ट लिरिक्स’ र ‘बेस्ट प्लेब्याक सिंगर’मा गायक गुल्जार र अर्जित सिंहले ‘ऐ वतन’ गीतका लािग अवार्ड पाए।

Hardik ivf

यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड ‘सन्जु’का लागि रणवीर कपूरले पाए । ‘अन्धाधुन’ले क्रिटिक्स अवार्ड पायो भने अन्धाधुनबाटै आयुष्मान खुराना र ‘पद्मावत’बाट रणवीर सिंहले तथा ‘बधाइ हो’बाट निना गुप्ताले ‘क्रिटिक्स’ अवार्ड पाए।

त्यसै गरि सपोर्टिङ रोलमा ‘बधाइ हो’बाट गजराज राव र ‘राजी’बाट भिकी कौशलले अवार्ड पाए । अभिनेत्रीमा भने सुरेखा सिख्रीले फिल्म ‘बधाइ हो’बाट अवार्ड पाइन।
‘पद्मावत’बाट बेस्ट म्युजिक एल्बमको अवार्ड सन्जय लिला भन्सालीले र बेस्ट प्लेब्याक सिंगरको अवार्ड श्रेया घोसालले ‘घुमर’ गीतका लागि पाइन।

प्रकाशित मिति: १२:४९ बजे, सोमबार, चैत ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्