Kathmandu Press

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहे....

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल
फाइल फाेटाे

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ।

वरिष्ठ नेता झलनाथ खनालसहित अध्यक्ष प्रचण्ड वरिष्ठ केहीबेर अघि बालुवाटार पुगेका थिए। उनीहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

पाँच दिन अघि बालुवाटारमै तीनै जनाबीच छलफल भएको थियो। साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक ओलीले स्थगित गर्न लगाएपछि प्रचण्ड र खनाल छलफलका लागि उनलाई भेट्न गएका थिए।

त्यसपछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीसँग छलफल गरेर सहमति निर्माण गर्न प्रचण्डलाई जिम्मेवारी दिएको थियो। तर, त्यसयता छलफल हुन सकेको थिएन्।

प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। तर, ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्।

जसले गर्दा एक महिनादेखि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ। स्थायी कमिटी बैठक स्थगित हुन थालेपछि नेकपा केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका छन्।

प्रकाशित मिति: १०:३१ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्