Kathmandu Press

दुई ट्राफिकलाई कोरोना, एसएसपीसहित ३७५ क्वारेन्टाइनमा

काठमाडौं, साउन १८ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना देखिएपछि महाशाखाका एसएसपीसहित तीन सय ७५ जनाल....

दुई ट्राफिकलाई कोरोना, एसएसपीसहित ३७५ क्वारेन्टाइनमा

काठमाडौं, साउन १८ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना देखिएपछि महाशाखाका एसएसपीसहित तीन सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा कोरोना देखिएको हो। त्यसपछि महाशाखालाई नै सिल गरिएको छ।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित तीन सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ। ‘दुई जनालाई कोरोना देखिएपछि शुक्रबारदेखि नै सबै क्वारेन्टाइनमा बसेका छौं,’ एक ट्राफिक प्रहरी इन्स्पेक्टरले भने।

कोरोना देखिएका दुवै जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

क्वारेन्टाइनमा रहेको एसएसपी ढकालसहित सबैको स्वाब संकलन गर्न लागिएको छ। कोरोना देखिएका दुई जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जनाएको छ। 

प्रकाशित मिति: १०:१८ बजे, आइतबार, साउन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्