Kathmandu Press

सभामुख सापकोटासहित सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन १८ : सभामुख अग्निप्रसाद सापकोटासहित सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स....

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकल अनुसार शुक्रबार सभामुख सापकोटासहित उनको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

सापकोटासहित उनका सचिवालयका सबै सदस्यको शनिबार राति आएको रिपोर्ट नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।
 
प्रकाशित मिति: ०६:५९ बजे, आइतबार, साउन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्