भारतमा कोरोनाबाट २४ घण्टामा ८५२ जनाको मृत्यु
काठमाडौं, साउन १८ : भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ । आइतबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भए....

काठमाडौं, साउन १८ : भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ । आइतबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ । भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:४५ बजे, आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











