Kathmandu Press

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु 

वीरगञ्ज, साउन १७ : पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज महान....

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु 
फाइल

वीरगञ्ज, साउन १७ : पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१६, नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए। 

उपचारका लागि बयोधा अस्पतालमा गत साउन १४ गते भर्ना भएकी उनको कोरोना परीक्षणका लागि शुक्रबार नारायणी कोभिड अस्पताल पठाइएको थियो। तर, कोरोनाको रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो। 

सुगरबाट ग्रसित महिलामा निमोनिया बिरामी महिलामा कोरोना संक्रमण पुष्टि भएको डा. उपाध्यायले जानकारी दिए। पछिल्लो १० दिनमा पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्