Kathmandu Press

अनशनरत ईः लगायतलाई भेटेर देउवाले भने-  इनअफ इज इनअफको मागमा समर्थन छ

काठमाडौं, साउन १७ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत इनअफ इज इनअफका ईः लगायतलाई भेटेका छन्।

शनिबार बसन्तपुर पुगेर सभा....

अनशनरत ईः लगायतलाई भेटेर देउवाले भने-  इनअफ इज इनअफको मागमा समर्थन छ
रिवाज राई

काठमाडौं, साउन १७ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत इनअफ इज इनअफका ईः लगायतलाई भेटेका छन्।

शनिबार बसन्तपुर पुगेर सभापति देउवाले अभियानका मागप्रति समर्थन जनाएका हुन्। देउवाले अभियानको पीसीआर परीक्षणको दायरा वृद्धि लगायतका माग सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए।

‘उहाँलाई बचाउनुपर्छ। सरकारले माग पूरा गर्नुपर्छ। कोरोनाबाट पनि मान्छे मर्न दिन हुन्न। यो अभियानमा कांग्रेसको ऐक्यवद्धता छ,’ देउवाले भने।

इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भर्त्सना गरेको सभापति देउवाले बताए।
 
प्रकाशित मिति: १७:३१ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्