Kathmandu Press

इलाममा एकैदिन १७ जनामा सशस्त्र प्रहरीमा कोरोना पुष्टि

विराटनगर, साउन १७ : इलाममा एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणम....

इलाममा एकैदिन १७ जनामा सशस्त्र प्रहरीमा कोरोना पुष्टि
फाइल

विराटनगर, साउन १७ : इलाममा एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सशस्त्र प्रहरी गण, इलामका १७ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

४० जना सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए। 

कोरोनाको संक्रमण पुष्टि भएका प्रहरीलाई उपचारका लागि मोरङ गोठगाउँको कोरोना अस्पताल पठाउने तयारी भइरहेको एसपी थापाले बताए।  योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
 
प्रकाशित मिति: १५:४५ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्