Kathmandu Press

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

विराटनगर, साउन १७ : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ। 

शनिबार बिहान कार्यकक्षमै उपसचिव स....

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट
फाइल

विराटनगर, साउन १७ : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ। 

शनिबार बिहान कार्यकक्षमै उपसचिव सञ्जेलमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।  उपसचिव सञ्जेलमाथि चप्पल, पञ्चिङ मेसिन लगायतले प्रहार भएको थियो। कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

सञ्जेलमाथि कुटपिट गरेको आरोपमा प्रहरीले कार्यालयका सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जना करारका कर्मचारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: १५:३६ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्