Kathmandu Press

नेकपाभित्रको विवाद पदका लागि होइन : प्रचण्ड

काठमाडाैं, साउन १७ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र एकता कायम गर्न माथिल्लो स्तरमै सम्बन्ध सुदृ....

नेकपाभित्रको विवाद पदका लागि होइन : प्रचण्ड
फाइल

काठमाडाैं, साउन १७ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र एकता कायम गर्न माथिल्लो स्तरमै सम्बन्ध सुदृढ बनाउनुपर्ने बताएका छन्। 

तुलसीलाल अमात्यको स्मृतिमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एकता कायम गर्न माथिल्लो तहमै सम्बन्ध सुदृढीकरण आवश्यक भएको बताएका हुन्।  उनले पार्टी विभाजन नहोस् भन्ने कार्यकर्ताको चाहना रहेको र विभाजन हुन नदिइने पनि बताए।

‘आमकार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ। त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं,' प्रचण्डले भने।

उनले नेकपाभित्रको विवाद पदका लागि नभएको पनि बताएका छन्। ‘बाहिर प्रचार गरिएजस्तो नेकपाभित्रको अहिलेको बहस पदको छिनाझपटी बिल्कुलै होइन। यो बहस पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने हो,' प्रचण्डले भने।
 

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्