Kathmandu Press

सभामुख सापकोटाका सुरक्षाकर्मीमा कोरोनाको संक्रमण पुष्टि

काठमाडाैं, साउन १७ : सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

प्रहरी अस्पतालको प्रयोगशाल....

सभामुख सापकोटाका सुरक्षाकर्मीमा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडाैं, साउन १७ : सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। प्रेस सल्लाहकार न्यौपानेका अनुसार कोरोना पुष्टि भएका सुरक्षाकर्मी साउन ६ यता सभामुखको निवासमा भने आएका छैनन्। 

यस्तै, स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले सभामुखको निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सभामुख सापकोटासहित निवासमा कार्यरत सुरक्षाकर्मीहरुको स्वाब संकलनको तयारी गरिएको जनाएका छन्। 

प्रकाशित मिति: १३:४५ बजे, शनिबार, साउन १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्