Kathmandu Press

अश्लील फोटो सामाजिक सञ्जालमा पठाउने एक जना पक्राउ

काठमाडाैं, साउन १७ : अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जना पक्राउ परेका छन्।

तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकम....

अश्लील फोटो सामाजिक सञ्जालमा पठाउने एक जना पक्राउ

काठमाडाैं, साउन १७ : अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जना पक्राउ परेका छन्।

तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। 

१३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।  

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट एक लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ। पक्राउ परेका मिश्रलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।  

प्रकाशित मिति: १२:१८ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्