Kathmandu Press

कञ्चनपुरमा अज्ञात समूहद्वारा एक महिलाको हत्या

महेन्द्रनगर, साउन १७ :  अज्ञात समूहले कञ्चनपुरमा एक महिलाको हत्या गरेको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। 

अज्ञात समूहले धारि....

कञ्चनपुरमा अज्ञात समूहद्वारा एक महिलाको हत्या
Hardik ivf

महेन्द्रनगर, साउन १७ :  अज्ञात समूहले कञ्चनपुरमा एक महिलाको हत्या गरेको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। 

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी बेलौरी नगरपालिका–७ भगतपुरमा ५५ वर्षीय बेलु खातीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। अज्ञात समूहकै आक्रमणबाट ती महिलाका श्रीमान ६२ वर्षीय घनश्याम खाती गम्भीर घाइते भएको थापाले बताए।

गम्भीर घाइते  घनश्यामलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिए। प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, साउन १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्