पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
काठमाडौं, साउन १७ : पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
आँबुखैरे....

काठमाडौं, साउन १७ : पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ ।
प्रकाशित मिति: ०८:४० बजे, शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1764760320.jpg)