Kathmandu Press

जसपाका सांसद प्रदीप यादवलाई कोरोनाको संक्रमण

काठमाडौं, साउन १७ : जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण देखिएको छ।

सांसद यादवले आफ्नो सामाजिक सञ्....

जसपाका सांसद प्रदीप यादवलाई कोरोनाको संक्रमण
फाइल

काठमाडौं, साउन १७ : जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण देखिएको छ।

सांसद यादवले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पिसिआर रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको जनाएका हुन्। उनले फेसबुकमा लेखेका छन्,  ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। आफूलाई आइसुलेटेट गरेर अहिले आराममा छु।’

उनले आ-आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ ननिस्किन र समाजिक दुरी कायम राख्न सबैमा गम्भीरतापुर्वक आग्रह समेत गरेका छन् ।

यस्तै उनले, पछिल्लो समय वीरगञ्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकार समक्ष अनुरोध पनि गरेका छन्। 

प्रकाशित मिति: ०७:४० बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्