Kathmandu Press

बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा 

बारा, साउन १६ : बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ। 

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बढी....

बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा 

बारा, साउन १६ : बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ। 

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बढी भिडभाड हुने स्थान तोकेर आइतबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

दैनिक कोरोना भाइरसका संक्रमित बढ्दै गएकाले निश्चित ठाउँ तोके निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार निषेधाज्ञा आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जारी गरिएको हो।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको उनले बताए। ‘‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी पण्डितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु विवाह, व्रतबन्ध, भोजभतेर गर्न पनि प्रतिबन्ध लगाउने निर्णय बैठकले गरेको छ।

हेर्नुस् विज्ञप्ति : 


 

प्रकाशित मिति: १९:५० बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्