Kathmandu Press

कोरोनाले भयावह अवस्था निम्त्याउने विज्ञको चिन्ता

काठमाडौं, साउन १६ : लकडाउन खुलेपछि देशभर समुदायस्तरमा फैलिँदै गएको कोभिड १९ को उचित व्यवस्थापन नगरे भयावह अवस्थाको सामना गर्नुपर्ने विज्ञहरुले बताएका ....

कोरोनाले भयावह अवस्था निम्त्याउने विज्ञको चिन्ता

काठमाडौं, साउन १६ : लकडाउन खुलेपछि देशभर समुदायस्तरमा फैलिँदै गएको कोभिड १९ को उचित व्यवस्थापन नगरे भयावह अवस्थाको सामना गर्नुपर्ने विज्ञहरुले बताएका छन्।

लन्डनको बर्नमाउथ युनिभर्सिटीको सहयोगमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले शुक्रबार आयोजना गरेको कोभिड १९ लकडाउनपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनु पर्ने सुरक्षा व्यवस्था विषयक भर्चुवल सन्डेक्लब कार्यक्रममा विज्ञहरुले भयावह अवस्था आउने चिन्ता जनाएका हुन्।

कार्यक्रममा काठमाडौं मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा.सुनिलकुमार जोशीले राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा सरकारले केही गर्छ भन्नु भन्दा पनि समुदायले आफैं सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिए।

कोभिड १९ नयाँ रोग भएकोले यस रोगको विशेषज्ञ कोही पनि नभएको र ठाउँअनुसार यसको स्वरुप र लक्षण समेत फरक देखिएको हुनाले सतर्कता अपनाउनु पर्ने बताए।

मास्क लगाउनु, सावुन पानीले हात धुनु वा ७० प्रतिशत अक्कोहल भएको सेनिटाइजरले हात धुनु, कम्तिमा एक मिटरको दूरी राख्नु र प्रर्याप्त हावाको आवागमन हुने स्थानमा (भेन्टिलेटर) बस्नु यसबाट बाँच्ने उपाय भएको डा.जोशीको भनाइ थियो।

प्रत्येक दोस्रो व्यक्ति कोरोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो। लकडाउन खुलेपछि धेरैले विश्वव्यापि सुरक्षा सर्तकता नअपनाएकोले पनि जोखिम बढेको डा.जोशीले बताए। लकडाउन खोल्दा एकै चोटी नखोलेर क्रमशः खोल्नु पर्नेमा जथाभावि हुन गएकोले जोखिम बढेको उनको भनाइ थियो।

 

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, साउन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्