गोकुल बाँस्कोटा भन्छन्- बेइमानी गर्न राजनीतिमा आएको होइन
काभ्रे, साउन १६ : पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्।&n....

काभ्रे, साउन १६ : पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्।
शुक्रबार काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए। “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन,”उनले भने।
पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए। उनले भने, “जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ।”
समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताए।











