सत्याग्रहीसँग भएको सहमति सरकारले कार्यान्वयन गर्नुपर्छ : कमल थापा
काठमाडाैं, साउन १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखेर लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ&r....

काठमाडाैं, साउन १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखेर लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शुक्रबार बसन्तपुर पुगेर थापाले “इनफ इज इनफ” अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट गरेका छन्। सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्न थापाले जोड दिए।
थापाले “इनफ इज इनफ” अभियानले बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको निन्दा गरे। उनले काठमाडाैं उपत्यकासँगै मुलुकका ठूला शहरमा संक्रमण डरलाग्दो रुपमा देखिन थालेकाले कोरोना नियन्त्रण गर्न सरकार निष्प्रभावी भएको आरोप लगाए।











