Kathmandu Press

खोकनामा देखिएको समस्याको अदृश्य कारण खोज्नुपर्छ : प्रधानसेनापति थापा

काठमाडाैं, साउन १६ :  प्रधानसेनापति पूर्णचन्द्र थापाले काठमाडौं-तराई द्रूत मार्ग निर्माणका क्रममा ललितपुरको खोकनामा देखिएको समस्याको अदृश्य कारण ....

खोकनामा देखिएको समस्याको अदृश्य कारण खोज्नुपर्छ : प्रधानसेनापति थापा

काठमाडाैं, साउन १६ :  प्रधानसेनापति पूर्णचन्द्र थापाले काठमाडौं-तराई द्रूत मार्ग निर्माणका क्रममा ललितपुरको खोकनामा देखिएको समस्याको अदृश्य कारण खोज्नु पर्ने बताएका छन्।

रक्षा मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फाष्ट ट्रयाक निर्माणमा समस्या देखिएको र विवादको अदृश्य कारण खोज्नु पर्ने बताएका हुन्। खोकनाको समस्याले सेनालाई गम्भीर बनाएको उनले बताए।

‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भीर बनाएको छ,'उनले भने,' जनताको मात्रै समस्या हो कि अरु पनि कारण छन्। यसका पछाडी जानुपर्ने महशुस भएको छ।'
उनले  खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए। 

फरक प्रसंगमा थापाले सिंहदरबारभित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि आग्रह गरे।
 

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्