कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
काठमाडौं, साउन १६ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्....

काठमाडौं, साउन १६ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट ज्यान गुमाउने चारै जना पर्साको वीरगञ्ज महानगरपालिकाका रहेको प्रवक्ता गौतमले बताए। कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–११ श्रीपुर ५६ वर्षीय पुरुष, वीरगञ्ज–१६ का ३५ वर्षीय पुरुष, वीरगञ्ज–२, छपकैयाका ६५ वर्षीय पुरुष र वीरगञ्ज–११ घर भई ललिपुरको थसिखेल–५ मा बस्ने ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
६५ वर्षीया महिलाको शुक्रबार बिहान ललिपुरको पाटन अस्पतालमा र बाँकी तीन जना पुरुषको गण्डक अस्थायी कोरोना अस्पताल, वीरगञ्जमा बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।











