नेपाल र जापानबीच कामदार लैजाने समझदारी हुँदै
काठमाडौं, चैत ११ः नेपाली कामदारलाई जापान लैजानेसम्बन्धी दुई देशबीच आज श्रमसमझदारी हुँदै छ।
आज हुन लागेको श्रमसमझदारीलाई ‘सहाकार्य गर्न....

काठमाडौं, चैत ११ः नेपाली कामदारलाई जापान लैजानेसम्बन्धी दुई देशबीच आज श्रमसमझदारी हुँदै छ।
आज हुन लागेको श्रमसमझदारीलाई ‘सहाकार्य गर्ने समझदारी’ भनिएको छ । यसका लागि दिउसो १२ः३० बजे ललितपुरको होटल हिमालयनमा कार्यक्रम राखिएको छ।
त्यही कार्यक्रममा दुवै देशका अधिकारीहरू समझदारीमा हस्ताक्षर गर्ने छन्। यो समझदारीपछि जापानले नेपाली कामदारलाई श्रम भिसामा लैजाने छ । अहिलेसम्म श्रम भिसामा लग्ने गरेको थिएन् । नेपाली विद्यार्थी अध्ययन भिसामा जापान जाने गरेका थिए।
यो समझदारीअनुसार, जापानले अप्रिल १ देखि नेपाली कामदार लैजाने जनाएको छ । तेस्रो पक्षबिना नै नेपाली कामदार सिधै जापान जान पाउने छन्।
यसका लागि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत छुट्टै शाखा स्थापना गर्नेछ । त्यो शाखाले जापानले माग गरेअनुसारका कामदार पठाउने जनाएको छ।
अहिले दक्षिण कोरिया र इजरायलमा सरकारी स्तरबाटै कामदार पठाउने गरिएको छ । कोरिया नेपाली कामदारका लागि आकर्षक गन्तव्य बनेको छ । जापान पनि त्यस्तै गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
जापानले पनि दक्ष र अदक्ष कामदार लैजाने जाइएको छ । पाँच वर्षभित्र तीन लाख ४२ हजार दक्ष तथा अदक्ष कामदार भित्र्याउने जापानको लक्ष्य छ । त्यही अनुसार, नेपालबाट पनि कामदार जान पाउने छन्।











-1754206481.jpg)