Kathmandu Press

थप २२४ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १६ :  नेपालमा थप २२४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्ष....

थप २२४ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १६ :  नेपालमा थप २२४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ७७१  पुगेको छ। संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता डा. गौतमका अनुसार शुक्रबारमात्रै १५१  जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्