विराटनगर दुई साताका लागि लकडाउन
विराटनगर, साउन १६ : मोरङको विराटनगर महानगरपालिका फेरि दुई साताका लागि लकडाउन गरिएको छ।
शुक्रबार बसेको नगरस्तरीय कोभिड-१९ क्राइसिस....

विराटनगर, साउन १६ : मोरङको विराटनगर महानगरपालिका फेरि दुई साताका लागि लकडाउन गरिएको छ।
शुक्रबार बसेको नगरस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले शुक्रबार राति १२ बजेदेखि नै लागू हुने गरी दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि लकडाउन गर्ने निर्णयमा समिति पुगेको उनले जानकारी दिए। लकडाउनका समयमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाइएको मेयर पराजुलीले बताए।
बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ। पछिल्ला केही दिनमा महानगरपालिकाभित्र एक सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्।











