Kathmandu Press

अख्तियारका प्रमुख आयुक्त भदौ र दुई आयुक्त फागुनमा अवकास पाउँदै

काठमाडौं, साउन १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नविनकुमार घिमिरे आगामी भदौ २८ गते अवकाश पाउने भएका छन्।

प्रमुख आयुक्त घ....

अख्तियारका प्रमुख आयुक्त भदौ र दुई आयुक्त फागुनमा अवकास पाउँदै

काठमाडौं, साउन १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नविनकुमार घिमिरे आगामी भदौ २८ गते अवकाश पाउने भएका छन्।

प्रमुख आयुक्त घिमिरेको उमेरहदका कारण भदौ २८ गतेदेखि अनिवार्य अवकास हुने भएका हुन्। संवैधानिक निकायहरुमा पदाधिकारीको उमेरहद ६५ वर्ष छ।

२०७१ सालमा अख्तियारको आयुक्तका रुपमा नियुक्त भएका घिमिरे तत्कालीन अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यातले अवकास पाएपछि कामु प्रमुख आयुक्त हुँदै प्रमुख आयुक्त नियुक्त भएका हुन्।

संसदीय सुनुवाइ समितिले उनलाई २०७५ साउन ४ गते प्रमुख आयुक्तमा नियुक्तीको लागि अनुमोदन गरेको थियो।

अख्तियारका दुई आयुक्तहरुले पनि आगामी फागुनबाट अनिवार्य अवकास पाउने भएका छन्। अख्तियारका आयुक्तको समयावधि ६ वर्षको हुने संवैधानिक प्रावधान छ।

२०७१ फागुन १४ गते तत्कालीन प्रधानमन्त्री शुशील कोइराला नेतृत्वका संवैधानिक परिषद्ले सात जनालाई अख्तियारमा आयुक्त नियुक्त गरेको थियो। जसमध्ये आयुक्तहरु डा.गणेशराज जोशी र डा.सावित्री थापा गुरुङ मात्रै आयुक्तमा बहाल छन्। उनीहरुले पनि आगामी फागुनमा ६ वर्षे पदावधिका कारण अवकास पाउने भएका छन्।

अख्तियारकै आयुक्त राजनारायण पाठकले सेवाग्राहीसँग घुस मागेको भिडियो सार्वजनिक भएपछि राजनीनामा दिएका थिए।

संवैधानिक व्यवस्थाअनुसार अख्तियारमा प्रमुख आयुक्तसहित पाँच जना आयुक्तहरु रहने व्यवस्था छ। यस अघि सात जना रहने व्यवस्था थियो।

तर, अहिले प्रमुख आयुक्तसहित तीन जना मात्रै रहेका छन्। लामो समयदेखि दुई पद रिक्त हुँदा पनि अहिलेसम्म पदपूर्ति हुन सकेको छैन।

संवैधानिक अंगका प्रमुख तथा सदस्य र प्रधानन्यायाधीश संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट चयन गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्