Kathmandu Press

गाईजात्रामा सांस्कृतिक झाँकी प्रदर्शन नगरिने

काठमाडौं, साउन १६ : कोरोना भाइरस संक्रमणका कारण यस वर्ष गाईजात्रामा सांस्कृतिक झाँकी प्रदर्शन नगरिने भएको छ।

भक्तपुर नगरपालिकाले गाईजात्रा प....

गाईजात्रामा सांस्कृतिक झाँकी प्रदर्शन नगरिने
फाइल फाेटाे

काठमाडौं, साउन १६ : कोरोना भाइरस संक्रमणका कारण यस वर्ष गाईजात्रामा सांस्कृतिक झाँकी प्रदर्शन नगरिने भएको छ।

भक्तपुर नगरपालिकाले गाईजात्रा पर्वमा सांस्कृतिक प्रदर्शन नगर्न आग्रह गरेको छ। समुदायस्तरमा कोरोना संक्रमित देखिन थालेकाले सतर्कता अपनाउनदै गाईजात्रा पर्वलाई औपचारिकतामा सिमित गर्ने निर्णय गरेको मेयर सुनिल प्रजापतिले बताए।

सुरक्षित रुपमा मनाउन जनता र सरोकारवाला पक्षलाई अनुरोध गरिरहेको उनले बताए। ‘गाईजात्रामा घिन्ताङघिसी तथा परम्परागत एवं आधुनिक सांस्कृतिक प्रदर्शनीहरु नगर्न अपिल गरेका छौं,’ मेयर प्रजापतिले भने।

कोरोना फैलिरहेकाले संवेदनशील बन्न सबैलाई आग्रह गरिएको भक्तपुर–४ का वडाध्यक्ष कुमार चवालले बताए। ‘यस पटकको गाईजात्रामा बाजागाजा र घिन्ताङघिसी नलाने ढंगले मनाउनुपर्छ,’ उनले भने।

गाईजात्रा पर्वका विषयमा गरिएको छलफलमा जनप्रतिनिधि र सरोकारवालाहरु सहभागी रहेका थिए।

 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्